ओलीको विपक्षमा मतदान गर्ने माओवादी संसदीय दलको निर्णय

काठमाडाै – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । ‘प्रधानमन्त्रीले संविधानविपरीत विश्वासको मत लिन खोजेको देखिन्छ । यिनले कुन ढंगले विश्वासको मत लिन खोजे त्यो पनि प्रस्ट छैन,’ बैठकपछि गुरुङले भने, ‘त्यसैले यो सरकारको सन्र्दभमा हामी गम्भीर भएर रणनीति बनाइरहेका छौ ।

ओली सरकारको विकल्प खोज्ने गरेर हामीले आफ्नो गतिविधि गर्नुपर्छ भन्ने हाम्रो ठहर छ । त्यस्तै माओवादी नेतृ पम्फा भुषालले माधव नेपाल पक्षले लिएको अडान एमालेको आन्तरिक मामिला भएको भन्दै माओवादीले यसमा कुनै टिप्पणी नगर्ने बताइन् ।

You can share this post!