काेराेनाबाट संसद सचिवालयका उपसचिवकाे मृत्यु

काठमाडाै – संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन गरेकै दिन बैशाख २२ मा उनको स्वाब संकलन गरिएको थियो।

स्वास्थ्यमा समस्या आएपछि विहान शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको केही समयअघि पित्तथैलीको पत्थरीको अप्रेशन गरिएको थियो । 

You can share this post!