सरकारलाइ खर्च गर्न पैसाकाे अभाव नभएकाे महालेखाकाे ठहर

काठमाडाै – निषेधाज्ञा भएपनि सरकारी ढुकुटी सहज अवस्थामा रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । स्वीकृत बजेटभित्र रहेर कार्यक्रम कार्यान्वयन गर्न कुनै समस्या नभएको महालेखाले जनाएको हो । महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले सरकारी  खातामा पैसाको समस्या नभएको बताएका छन् । उनका अनुसार सरकारसँग अझै ९५ अर्बभन्दा बढी रकम मौज्दात छ । वैशाख १७ गतेसम्म कूल आम्दानी ८ खर्ब ५४ अर्ब छ भने खर्च ७ खर्ब ५८ अर्ब भएको छ ।

औसतमा सरकारको दैनिक खर्च ९ अर्ब रुपैयाँ हुने गरेको महालेखाले जनाएको छ । तर ठूलो भुक्तानी गर्नुपर्ने बेला र दशैँको भत्ता वितरणमा भने दोब्बर खर्च हुने गरेको छ । यसअघिको लकडाउनका कारण सरकारको ढुकुटी चापमा परेको थियो । तर अहिले निषेधाज्ञा भएकाले सिमित क्षेत्रहरु स्वास्थ्य मापदण्ड अपनाएर खुला गर्न पाइने भएपछि सरकारको ढुकुटीमा चाप पर्न पाएको छैन ।

You can share this post!