चट्याङले प्रहरी सहायक निरिक्षककाे मृत्यु

झापा – झापामा चट्याङले लागेर प्रहरी सहायक निरीक्षक(असई)को मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर  रहेको झापा प्रहरीले जनाएको छ। उनी सो चौकीका प्रमुखसमेत हुन्।

राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए। चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल ल्याइएको थियो। उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेका थिए। 

You can share this post!