कर्णालीमा पनि काेराेनाले थप २ काे मृत्यु

सुर्खेत – कर्णाली प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका दुबै जना सुर्खेतका रहेको र उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।  मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका –१० की ३२ वर्षीय महिला र गुर्भाकोट नगरपालिका –१३ का ३५ वर्षीय पुरुष रहेका छन् । 

वीरेन्द्रनगरकी त्यी महिलाको शुक्रबार  साँझ ७ बजे मृत्यु भएको हो भने  गुर्भाकोटका पुरुषको शनिबार बिहान मृत्यु भएको  प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

You can share this post!