जेठ ६ मा राम बहादुर थापाकाे क्षेत्रका उप निर्वाचन हुने

काठमाडाै – गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्यमा रिक्त पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ। मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य थापा नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए। आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ। 

You can share this post!