बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा चार सैनिक मारिए

एजेन्सी – उत्तर–मध्य बुर्किना फासोमा बन्दुकधारीहरुको आक्रमणमा परी कम्तीमा चार सैनिकले ज्यान गुमाएका छन् । सिन्ह्वा सामाचार समितिका अनुसार यस आक्रमणमा परि अन्य दुई घाइते भएका छन् ।

सन् २०१५ बाट नै बुर्किना फासोमा आतङ्ककारी हमलाको कारण बिग्रिएको सुरक्षा अवस्थाको सामना गरिरहेका छन । सो समयबाट हालसम्म यस्ता हमलाहरुमा परी एक हजार भन्दा बढीको ज्यान गएको छ र हजारौं विस्थापित भएका छन् ।

You can share this post!