गुल्मी सडक दुर्घटनामा १ काे मृत्यु ४ घाइते

काठमाडाै – गुल्मीमा अटो  दुर्घटना हुँदा  एक  जनाले ज्यान  गुमाएका  छन् । दुर्घटनामा जिल्लाको सत्यवती  गाउँपालिका ३  का  २८ वर्षीय  तारा  राहडी  मगरको मृत्यु भएको हो  ।  जिल्ला प्रहरी प्रवक्ता  डिएसपी पुरुषोत्तम  पाण्डेले    मगरको  मृत्यु  पुष्टि गर्दै  चार जना घाइते भएको  जानकारी  दिए ।

सत्यवती  गाउँपालिका  प्रमुख पारिश्वर  ढकालले  सडकदेखि  धेरै  तल  खसेको अटोमा  गम्भीर घाइते  ३ जनालाई  जोहाङ्ग  प्राथमिक स्वास्थ्य  केन्द्र बाट  पाल्पाको मिसन  अस्पताल रिफर  गर्न  लागिएको  बताए ।

You can share this post!