अखिल (क्रान्तिकारी) ले बुझायो नलगाड नगरपालिकामा १४ बुद्दे माग पत्र

जाजरकाेट – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले नलगाड नगरपालिकाको शिक्षा तथा खेलकुद समन्वय इकाईमा माग पत्र बुझाएको छ । संगठनका जिल्ला संयोजक विराजन शाहीको नेतृत्वमा गएको टोलीले नलगाड नगरपालिकाको शिक्षा तथा खेलकुद समन्वय इकाईमा १४ बुद्दे माग पत्र बुझाएको हो । नयाँ शैक्षिक सत्रमा निजी क्षेत्रबाट संचालित संस्थागत बिद्यालय र सरकारी बिद्यालयहरुले अभिभावकबाट मनोमानी ढंगले चर्को शुल्क उठाएको अखिल क्रान्तिकारीले बताएको छ । विद्यार्थीबाट असुलेको चर्को शुल्कले अभिभावकहरुको नराम्रोसङ्ग ढाड सेक्ने काम गरेको भन्दै संगठनले आपत्ति समेत प्रकट गरेको संयोजक शाहीले बताए । समाजवाद उन्मुख भनिएको शिक्षा निजीकरण, ब्यापारीकरण, दलालीकरण, भ्रष्टीकरण र माफियाकरण हुदै जादा विद्यार्थी र अभिभावकलाई यसले नराम्रोसङ्ग थिलोथिलो पारेको अखिल क्रान्तिकारीको ठहर छ ।

अखिल (क्रान्तिकारी)ले बुझाएको मागपत्र

इतिहासको गौरबशाली बिरासत बोकेको हाम्रो संगठन अखिल (क्रान्तिकारी) निरन्तर र अबिचलित रुपमा विद्यार्थीहरुको हक अधिकारको साथै गुणस्तरीय,ब्यबहारिक,सर्भशुलभ शिक्षा प्राप्तिको अभियानमा संघर्षरत साथै शैक्षिक क्षेत्रमा निजीकरण,ब्यापारीकरण,भ्रष्टीकरण माफियाकरण र राष्ट्रियता,जनतन्त्र जनजिबिकाको सवालमा निरन्तर संघर्षरत रहेको कुरा यहाँहरुलाइ जगजाहेर नै छ । बिगत लामो समय देखी बिश्वलाई त्रसित बनाइ रहेको (ऋयखष्म ज्ञढ) अर्थात कोरोणा भाइरसले शैक्षिक क्षेत्रमा पनि प्रत्यक्ष रुपमा प्रभाव पारी र संसदिय ब्यबस्थामा उत्पन्न पछिल्लो संकट संसद विघटन र पुनः स्थापनासम्म आउदा जनताको निमित्त न हर्ष न बिषमातको अवस्था छ । राष्ट्रका शैक्षिक सस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखानामा रुपान्तरण भै शिक्षा आज अत्यन्तै खस्किदै गहीरहेको छ तर राज्यको जवाफदेहीता शुन्यप्राय छ । हामी बिगत लामो समयदेखी शैक्षिक अधिकारका लागि संघर्षमा हुनुले पक्कै पनि केही उपलब्धिहरु हासिल भएका छन। तर हाम्रो सोच या दृष्टिकोण अनुसार शिक्षामा आमूल परिवर्तन गर्न भने बाकी नै छ।नेपालको संसदिय ब्यबस्थाको बिकास सङ्गै नेपालको शिक्षा नीति झनझन फितलो हुँदै औचित्यहिन्तामा परिणत भैरहेको छ।अझ भन्ने हो भने हाम्रो जिल्लाको ग्रामीण बस्तीमा सामुदायिक बिधालयहरुको शैक्षिक गति दिनानुदिन खस्किदो अवस्थामा छ र जिल्लामा केही बिधालयहरु निश्चित दलालहरुका लागि कमाइ खाने भाडोका रूपमा प्रयोग भैरहेको छन । जनताका छोराछोरीलाई साधनका रुपका प्रयोग गरेर आफ्नो स्वार्थ पुर्ती गरीरहेको अवस्थामा नयाँ शैक्षिक सत्रमा निजि क्षेत्रबाट संचालित सस्थागत बिधालयहरु र सरकारी बिधालयहरुको समेत आफ्नो मनोमानी ढंगले चर्को शुल्क उठाइएकोले आम अभिभावकहरुलाइ नराम्रोसङ्ग ढाड सेक्ने काम गरेको कारण हाम्रो संगठनले आपती प्रकट गर्दै राज्यले दिइएको भनिएको समाजवाद उन्मुख शिक्षा नियुक्तिको बिपरित शिक्षालाई निजीकरण, ब्यापारीकरण, दलालीकरण, भ्रष्टीकरण र माफियाकरण गर्नाले विद्यार्थी र अभिभावकलाई नराम्रोसङ्ग थिलोथिलो पारेको छ । यस अर्थमा तपशिलका मागहरु पूरा गर्नका लागि यस नगर शिक्षा बिकास कार्यलय समक्ष यो माग पत्र पेश गर्दछु ।
मागहरु
१)यस नगर भित्र रहेका सम्पुर्ण निजि शिक्षालयहरुकको चर्को शुल्क कम गर्न र सामुदायिक बिद्यालयहरुको चर्को भर्ना शुल्क तत्काल पुरै खारेज गर्न माग गर्दछु ।
२)यस नगर भित्र रहेका प्रत्येक बिद्यालयहरुमा नयाँ शैक्षिक सत्रदेखी भौतिक संरचना र शैक्षिक सामाग्री समय मै उपलब्ध गराई नियमित अध्यापनको ब्यबस्था गरियोस।
३)यस नगर भित्र रहेको नलगाड बहुमुखी क्याम्पसमा भौतिक संरचना,शिक्षक दरबन्दी र शैक्षिक सामाग्री समय मै उपलब्ध गराई नियमित अध्यापन गराउने ब्यबस्था गरियोस ।
४)नगर भित्र रहेका बिधालयमा खेताला,घोटाला गर्ने शिक्षकलाइ छानबिन गरि तत्काल कार्बाही गरियोस।
५)नगर भित्र रहेका प्रत्येक बिद्यालयहरुको भौतिक संरचना जस्तैःभवन, डेस्कबेन्च,खानेपानी, शौचालय, खेलमैदान, बिद्युतिय उपकरण पुर्ण रुपमा ब्यबस्थापन गरियोस ।
६)कुनै पनि सरकारी तथा निजि बिधालयहरुमा अध्ययनरत बिद्यार्थीहरुको परिचयपत्र बनाउन पहल गरि यातायातमा लाग्ने शुल्कमा ४५ प्रतिशतको छुटको ब्यबस्था गरियोस।
७)नगर भित्रका प्रत्येक बिद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको ब्यक्तित्व बिकास र क्षमता अभिबृदी गर्न अतिरिक्त क्रियाकलाप गर्नका लागि आवश्यक आर्थिकको ब्यबस्था गरियोस ।
८) नगर भित्रका प्रत्येक बिद्यालयहरु नजिक जाड,रक्सी, जुवातास, सुर्तीजन्य पदार्थ बेचबिखन सेबन कार्य हुने भएकाले यस्ता कार्यले विद्यार्थीहरुको जिबनमा प्रत्यक्ष असर पर्ने भएकाले यस्ता गलत कार्यहरुलाई बन्देज गर्न पहल गरियोस ।
९)कुनै पनि सरकारी निजामती कर्मचारी शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई महँगो शुल्क तिर्ने निजी बिद्यालयहरुमा अध्ययनरत गर्न रोकलागाई सामुदायिक ब्दिालयमा अध्ययन गर्ने वातावरण सिर्जना गरियोस ।
१०) नगर भित्र रहेका प्रत्येक बिद्यालयहरुमा बर्तमान समयको संचार माध्यमलाई मध्यनजर गर्दै जोडिएको वाइफाइले विद्यार्थीहरुको पठनपाठनमा ठूलो असर परेकोले यसलाई सही प्रयोग गर्न निश्चित समय भित्र मात्र प्रयोग गर्ने ब्यबस्थाको पहल गरियोस।
११) एसईई र प्लस टु पास गरिएको प्रमाणपत्रबाट पनि आर्थिक घोटाला गरिएको छ यस्ता बिद्यालयहरुलाई छानबिन गरि निश्चित शुल्क मात्र लिने वातावरणको सिर्जना गरियोस ।
१२)सरकारले विभिन्न बिद्यालयहरुमा भवन निर्माण र यावत बिषयलाई लिएर दिइएको आर्थिक माथी भ्रष्टाचार भैरहेको छ यस्ता बिद्यालयहरुलाई छानबिन गरि तत्काल कार्बाही गरियोस।
१३) नगर भित्र रहेका प्रस्तावित अन्य बिद्यालय र नलगाड बहुमुखी क्याम्पसमा शिक्षक दरबन्दी अभाव भै सो बिद्यालय र क्याम्पस बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भैरहेका छन यो समस्यालाई मध्यनजर गर्दै तत्काल समस्याको समाधान गरियोस।
१४)सरकारले बिद्यार्थीहरुलाई छुटाएको छात्रवृत्ति पनि सम्बन्धित बिद्यालयहरुले विद्यार्थीहरुलाइ नदिएर अन्य संरचना बनाउने बहानामा घोटाला गरीरहेका छन यस्ता बिद्यालयहरुलाई छानबिन गरि तत्काल कार्बाही गरि बिद्यार्थीलाई छात्रवृत्ति दिन पहल गरियोस ।
नोटः
बिद्यार्थी र अभिभावक बिच प्रत्यक्ष रुपले जोडीएका माथी उल्लेखीत मागहरुको तत्काल सम्बोधन गर्न अपिल गर्दछु । यदी यी अपिल गरिएका मागहरुलाई सम्बोधन नगरिएको खण्डमा हामी कडा भन्दा कडा आन्दोलनमा जाने छौ । हामीले गरेको आन्दोलनबाट उत्पन्न हुने समस्याहरुमा स्वयम् सम्बन्धित निकायहरु नै जिम्मेवार रहने छन । हामी बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि आन्दोलनको आधी उठाउन चाहान्छु संघर्ष गर्न चाहान्छु । हामी हाम्रो जीवन आहुती दिन तयार छौ । हाम्रो सम्पुर्ण जीवन राष्ट्रका लागि समर्पण गर्दछौ । हामी हाम्रो रगत,पसिना बगाइ रहेका छौ । हामी सच्चा कम्युनिस्ट बन्ने छौ । हामी बैज्ञानिक समाजवादी सत्ता र बैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना गर्ने छौ । एकदिन संसारको उत्कृष्ट देश र जनता बन्ने छौ र बनाउने छौ ।

क्रान्तिकारी अभिवादन सहित
बिराजन शाही
संयोजक
अखिल (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक समिति जाजरकोट
बोधार्थः नलगाड शिक्षा तथा खेलकुद समन्वय इकाई कार्यालय दल्ली जाजरकोट

You can share this post!