सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको अध्यक्षमा बोहरा

धनगढी – सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगमा यज्ञराज बोहरा नियुक्त भएका छन्। प्रदेश सरकारले चैत ९ गते पूर्व प्रशासक बोहरालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो।

बोहरा यसअघि कैलालीमा प्रमुख जिल्ला अधिकारी थिए। कैलालीबाट गृह मन्त्रालय सरुवा भएका बोहराले लोक सेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिना अगाडि राजीनामा दिएका हुन्। बोहरासँगै पूर्वप्रशासक लक्ष्मण खड्का र शिक्षिका भागरथी राना थारू आयोगको सदस्यमा नियुक्त भएका छन्।

You can share this post!