सरकार नेकपा वार्ताटाेली गठन

काठमाडाै – सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

नेकपा स्रोतका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिएको हो । वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र ह’तिया’रसम्बन्धी मु’द्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको विप्लव नेकपा एक नेताले बताए । त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्र’तिबन्ध पनि फुकुवा हुनुपर्ने उनले बताए । ती नेताका अनुसार तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गरिनेछ ।

सरकारले पनि मंगलबार मात्रै विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले विप्लव नेकपाले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले ह’तियार मु’द्दालगायतका विषय वार्ताबाटै टुंगो लगाइने पनि जानकारी दिएका थिए ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्र’तिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका स’श’स्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, विप्लव नेतृत्वको नेकपा आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भ’ग भएको थियो ।

You can share this post!