शिक्षालयमा अखिल (क्रान्तिकारी)को कमिटी गठन

काठमाडाै – नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको भातृ संगठन अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय लालमटीया दाङको बैठक एवं प्रशिक्षण शुक्रबार गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का दाङ जिल्ला संयोजक प्रमुख अतिथि अनिल केसीले शैक्षिक अधिकार प्राप्ति र समाजवादी शिक्षा नीति अबको आवश्यकता भएको बताए ।

अहिलेको शिक्षा प्रणालीमा ठूलो असमानता र विभेद रहेको भन्दै उनले विद्यार्थीले कलमका माध्यमबाट विद्रोह गर्न उनले आग्रह गरे ।

विद्यार्थीको हकहित र अधिकार तथा शिक्षा क्षेत्रमा देखिएको बिकृति, विसंगति, नीजिकरण,व्यापारीकरणको विरुद्धमा आवाज उठाउन जरुरी रहेको उनको जोड थियो ।

उनले शिक्षालयका पूर्व संयोजक देवराजले नवनिर्मित सम्मेलन आयोजक कमिटीलाई विद्यार्थी हक हित र संस्थाको हितको निम्ति निरन्तर एक ढिक्का भएर काम गर्न सुझाव दिए ।

बैठकले शिवराजको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक कमिति गठन गरेको छ।

कार्यक्रम संगठनका जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य एबम राप्ती प्राबिधिक शिक्षालयका संयोजक देबराज डाँगीको अध्यक्षमा भएको हो ।

You can share this post!