औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम जाँदैहुनुहुन्छ। 

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरेको थियो।

उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटक-पटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट स्वीकृति भएर काम सुरु हुन लागेको हो।

सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री सुदूरपश्चिम जान लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिनु भयो।

You can share this post!