युवाशक्ती निर्यात रेमिटेन्स भो आयात

 – लक्ष्मण चौलागाईं

विद्रोही इतिहासले खोजेको भन्दा वर्तमानले पाएको भिन्न भो

देशले खोजेको भन्दा नेताले खोजेको भिन्न भो

बिकास र समृद्दी भन्दा भाषणहरु ज्यादा भो

बुद्धभूमीमा शान्तिको खोजी संसार जो चकित पर्यो

बेरोजगार र गरिबीले यहाँ विपन्नको ढाड सेकिसक्यो

संसार २१ औं शताब्दीमा पुग्दा यहाँ कुर्सीकै लडाईँ तिब्र भो

देश बनाउने कुरै हुदैन दल कहिले र कतिमात्रै बनाउने

अमूल्य युवा पलायन गर्दै रेमिटेन्स कतिमात्र चपाउने

गणतन्त्रमा जनता मालिक भजाउने व्यवस्थाका सिकार किन बनाउने

सगरमाथाको शिखरबाट झुल्किने सम्पन्न मुलुक गरिब किन बनाउने

कुहेर जान्छ जडिबुटी परवाह नगरि सुनको कचौरामा भिग किन माग्ने

आयात बाहेक खै कहाँ छ निर्यात युवाशक्ती निर्यात रेमिटेन्स भो आयात

तर यहाँ ढुकुटी भर्नेको छैन सम्मान प्रवासी सहिदलाई छैन कुनै सलाम

आउदैछन बाक्सामा मृत लासहरु

ठगिन्छन यहाँ शवका आफन्तहरु जताततै कमिसनकै चल्छ अड्डाहरु

विचौलिया माफियालाई नेता भन्नेहरु व्युझिनुपर्छ

आम नेपाली मन बोकेर बिखन्डन तोड्न

एक माला बनेर अनि जोगिन्छ सगरमाथा हाम्रो संसारमा नेपाल छ

र कुनै अर्को तपोभुमी नेपाल बुद्दभुमी नेपाल आकार सानो होला गरिम विशाल !!

You can share this post!