प्रधानमन्त्री ओलीद्वारा माघे संक्रान्तीकाे शुभकामना व्यक्त

२०७७ माघ १, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले  थारू समुदायकाे प्रमुख चाड माघी तथा नेपालका सबै जसाे भुभागमा मनाइने माघे संक्रान्तीकाे अवसरमा स्वदेश तथा  विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालका प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको चर्चा गर्दै विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

Source:NepalNews

You can share this post!