श्री पन्चकोटी कृषि सहकारी संस्था, को छैठौं वार्षिक साधारण सभा

 २६ पुष, काठमाडौं। कैलाली को जानकि गाउपालिका वडा न. २ मा श्री पन्चकोटी कृषि सहकारी संस्था, को छैठौं वार्षिक साधारण सभा भएको छ। जस साधारण सभाका प्रमुख अथिति सुदुरपश्चिम कैलाली क्षेत्र न २ का प्रदेश सभा सांसद श्री रतन बहादुर थापा ले छैठौं वार्षिक साधारण सभा को उद्धाघाटन गर्नु भएको थियो। साधारण सभामा सांसद थापा ले अब केहि दिन पछि पन्चकोटी कृषि सहकारी संस्था को लागि २ कोठे भवन लगाएत बिभिन्न किसिम्मका सहकारी को लागि सहयोग गर्छु भन्नुभएको छ।

कार्यक्रम को स्वागत मनतव्य श्री पन्चकोटी कृषि सहकारी संस्था का कोषाध्यक्ष श्री पहल ठकुल्ला ले गर्नु भएको थियो।कार्यक्रम को संचालक पन्चकोटी कृषि सहकारी संस्था सचिब श्री रमेश परियार गर्नु भएको थियो। जस कार्यक्रम मा उपस्थिति जानकि गाउपालिका वडान २ का वडा सदस्य श्री मदारु दिन जाग्गा, राष्ट्रीय आधारभूत बिद्मालय खैरेनी का प्रधानाध्यापक श्री वासुदेव रेग्मी, समाजसेबि कोकीला साउद, पन्चकोटी कृषि सहकारी संस्था संस्थापक सचिब केवल सिंह ठकुल्ला, सरस्वती कृषक समूह अध्यक्ष श्री बिमला जोशी,उपस्थिति हुनु भएको थियो।

श्री पन्चकोटी कृषि सहकारी संस्था को आयव्यय यस प्रकार रहेको छ,, = आय रकम रू ८,५४,५३४/- , = व्यय रकम रू ८,१९,१२६/- रहेको छ। जस कार्यक्रम को समापन पन्चकोटी कृषि सहकारी संस्था का अध्यक्ष श्री सुमन थापा ले सम्पन्न गर्नु भएको थियो। साथै अध्यक्ष थापा ले छैठौं वार्षिक साधारण सभा मा बोल्दै अब यो हाम्रो सहकारी संस्था लाई आम जनता ले सहयोग गरि यो हाम्रो सहकारी लाई नमुना सहकारी बनाउनु पर्छे भनु भएको थियो।

You can share this post!