श्रीराम सुगर मिल्सले आजदेखि उखु किसानको भुक्तानी दिने, पुस ८ भित्र सम्पूर्ण भुक्तानी गरिसक्ने

पुस ३, काठमाणडाै । उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले आजदेखि भुक्तानी दिन सुरू गर्ने जनाएको छ। 

सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।

सो मिल्सले बिहीबार जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ। 

सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ।
राससबाट
 

You can share this post!