कैलालीको जानकी गाउपालिकामा विद्यालय भवन को शिलान्यास

कैलालीको जानकी गाउपालिका वडा न. २ खैरेनी स्थीत श्री राष्ट्रीय आधारभूत विद्यालयमा ३ कोठे भवन र शौचालय भवनको शिलान्यास गरिएको छ। प्रदेश सभा सांसद कोष र Buildon nepal को साझेदारी निर्माण हुने, सपुरक बजेट ३५ लाख सम्मको विद्यालयको भवन र शौचालय निमार्ण गर्न लगाएको हो। यस कार्यक्रमका प्रमुख अथिति सुदुरपश्चिम कैलाली क्षेत्र न २ का प्रदेश सभा सांसद श्री रतन ब थापा ले शिलान्यास गर्नु भएको हो।

भवन शिलान्यास गर्दै सांसद थापाले विद्यालय को भवन तोकिएको समयमा दिगो र टिकाऊ हुने गरि प्रतिवदता दिनु भएको हो , साथै विद्यालय प्रशासन लाई हस्ताक्षर गर्नु भयो। साथै बिशिष्ट अतिथी Buildon nepal की निदेशक श्री निर्मला चौधरी ले पनि विद्यालय को लागि चाहिने सम्पूर्ण सामाग्री वितरण पनि बजेट छुट्याउनु भएको प्रतिवदता व्यक्त गर्नु भयो।

साथै यस कार्यक्रम लाई संचालक श्री भक्त बहादुर बोहरा (शिक्षक) ले गर्नु भएको थियो। साथै यस कार्यक्रम को स्वागत मनतव्य श्री राष्ट्रीय आधारभूत विद्यालय प्र. अ, बासु देब रेग्मी ले गर्ने भएको थियो।

कार्यक्रममा प्रदेश सभा सांसद थापा सहित गाउपालिका सदस्य श्री शान्ति कामी, वडान २ का कार्यभाग अध्यक्ष श्री राम सिंह थारु, वडान २ खैरेनी सदस्य श्री मैसरा बि क र मदारुदिन जागा लागायत सहभागी हुनु भएको थियो। जस कार्यक्रम को समापन श्री राष्ट्रीय आधारभूत विद्यालय का अध्यक्ष श्री चक्र बहादुर बिष्ट ले समापन गर्नु भएको थियो।

You can share this post!