स्वेता खड्काले विजयेन्द्र सिंहसँग कसिन् लगनगाँठो

अभिनेत्री स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छन्। सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन्।

अभिनेत्री स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छन्। सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन्।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् । स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’

यसअघि उनको नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । श्रेष्ठको २०७१ साउन २५ गते असामयिक निधन भएको थियो ।

Source: Nepalnews

You can share this post!