कोभिड संक्रमणका कारण कर दिवसमा हर्षोल्लास नहुने, धेरै कर तिर्नेलाई भने सम्मान गरिने

कात्तिक २१, काठमाडौं। कोभिड १९ को संक्रमणको दर तीव्र हुँदै गएपछि यो वर्ष कर दिवस पनि प्रभावित हुने भएको छ। प्रत्येक वर्ष कर सप्ताह मनाउँदै आएको आन्तरिक राजस्व विभागले यो वर्ष सानो आकारमा मात्रै कर दिवस मनाउने तयारी गरेको छ।

कोभिड-१९ बाट कर्मचारीहरु नै संक्रमित हुने क्रम बढेपछि मातहतका कार्यालयहरु सञ्चालन गर्न कठिन भएको विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बताए। विभागले बर्सेनि मंसिर १ मा कर दिवस मनाउने गरेको छ। यसपटक दिवसमै तिहार पनि परेको छ।  

महानिर्देशक कुँवरले भने ‘यो वर्ष कर दिवसका कार्यकर्मको ठूलो तयारी छैन। सानो आकारमा कार्याक्रम गर्ने तयारी गरेका छौं, विभिन्न शीर्षकमा धेरै कर तिर्ने व्यवसायीलाई भने सम्मान गर्ने तयारीमा छौं।’

विभागले प्रत्येक वर्ष फरक फरक शीर्षकमा धेरै कर तिर्ने व्यावसायिक संस्थालाई सम्मान गर्दै आएको छ। यो वर्ष पनि धेरै कर तिर्ने करदातालाई विभागले सम्मान गरिने भएको छ। आर्थिक वर्ष २०७६/७७ मा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने विभागको तयारी छ। 

Source: bizmandu.com
 

You can share this post!