कलाकार सिद्दार्थको नयाँ म्यूजिक भिडियो!!!

अभिनय क्षेत्रमा उदयिमान कलाकारको नाम हो सिद्दार्थ जयगडी। हालसालै “ उसै फस्का लाउदि छै” नामक म्यूजिक भिडियो यूट्यूब मार्फत सार्जनिक भएको छ। जसमा जोडदार अभिनयका साथ उत्रियका छन कलाकार सिद्दार्थ जयगडी तथा दीपिका कँडेल।

चर्चित देउडा गायिका रेखा जोशी र संसार धामीको स्वरमा रहेको उक्त म्यूजिक भिडियोमा  के.एस. सोनी को शब्द रहेको छ ।

कृष्ण बाबुको सम्पादन रहेको म्युजिक भिडियोको छायाङ्कन अमृत उपाध्यायले गरेका छन् । गीतको छायाङ्कन घोडाघोडी नगरपालिका वडा नम्बर ६ भित्रका रमणीय ठाउँहरुमा गरीएको छ ।

कोरोनाका कारण पर्यटकिय गतिबिधिहरु सुस्ताएको बेला तथा गितसंगित क्षेत्रमा पनि शिथिलता आएको अबस्थामा यस प्रकारका म्यूजिक भिडियो बन्नाले गित संगितको क्षेत्रमा चहलपहल बढने तथा पर्यटकीय गतिबिधिमा समेत बढोत्तरी हुने देखिन्छ।

Kitesansar.com को तर्फबाट शुभकामना।

भिडियोको लिङ्क हेन्नुहोस,

You can share this post!