सर्वोच्चले भन्यो : वामदेव गौतमलाई संवैधानिक जिम्मेवारी नदिनु

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले दायर गरेको रिटमा सांसद पद यथास्थितिमा राखी मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।

You can share this post!