करेन्ट लागेर ३ बालकको मृत्यु

दाङ –  दाङमा करेन्ट लागेर ३ जना बालबालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १० नारायणपुर उत्तर अम्रराईका ४ वर्षीया रेणुका चौधरी, ८ वर्षीय प्रशान्त चौधरी र ३ वर्षीय अमृत चाधैरीको कुलोमा पानी तान्न राखिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

सोही ठाउँको एक घरमा मृत्युपश्चात् शुद्धशान्ति कार्यक्रममा पानी तान्न कुलोमा मोटर जडान गरिएको र त्यही कुलोमा बालबालिकाहरु खेल्दा करेन्ट लागेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए। शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरले जनाएको छ । 

You can share this post!