चीनले नेपाललाई माग्यो आवश्यक स्वास्थ्य सामग्रीको सूची

काठमाडौं – चीनले नेपालको कोभिड–१९ महामारीमा सघाउन आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची माग गरेको छ । बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत एसियाली विभाग हेर्ने उपमन्त्री लुओ चौहुईबीचको भेटवार्तामा नेपालको महामारीमा अझै सहयोग गर्ने चीनको प्रतिबद्धता आएको हो ।

यसअघि चीनले नेपाल, पाकिस्तान, अफगानिस्तानसँगको भिडियो कन्फ्रेन्समा १० मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको थियो । भेटवार्तामा उपमन्त्री चौहुईले कोरोनाले नेपालको अवस्थामा गम्भीर असर परिरहेको भन्दै आवश्यक स्वास्थ्य सामग्रीको सूचि माग गर्नु भएको हो ।

नेपालले पनि आफ्नो तर्फबाट सहयोग गरिरहेकोमा दुवै देशले आभार प्रकट गर्दै यसबीचमा आपसी सहयोगलाई अझै द्रूत बनाउने प्रतिबद्धता चीनले दोहो¥याएको छ ।

You can share this post!