पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जना संक्रमित पुष्टि

काठमाडौं : देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा जम्मा ५ सय १२ संक्रमित थपिएका छन्। काठमाडौं मात्र ४ सय ४० संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ४३ र ललितपुरमा २९ जना थपिएका छन्। आज देशभर  १५ हजार ३ सय ९३ सक्रिय संक्रमित रहेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै पछिल्लो एक दिनमा ८ सय ७९ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै ८ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा रहेका गौतमले जानकारी दिए। आज देशभर १० हजार ८ सय ७८ पिसिआर परीक्षण भएका उनले बताए। त्यस्तै ७ हजार २ सय ७५ जना देशभर होम आइसोलेसनमा रहेका छन्। त्यस्तै हाल देशभरका क्ववारेन्टाइनमा ६ हजार ८ सय ९२ जना बसेका छन्। साथै हालसम्म ७१ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्।

You can share this post!