कुलमानको चार वर्षे कार्यकाल आज सकिँदै

काठमाडौं  : नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज सकिँदै छ। २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको आज आइतबार कार्यकाल सकिन लागेको हो। प्राधिकरणमा पुन कुलमानलाई नै नियुक्ति दिने गरी उर्जा मन्त्रालयले प्रस्ताव तयार पारिसकेको बताइएको छ। आज बस्ने मन्त्रिपरिषदको बैठकमा उर्जामन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि कुलमानको नाम प्रस्ताव गर्ने बताएको छ। आज बस्ने मन्त्रिपरिषदको बैठकमा कुलमानको नाम प्रस्ताव नभए आगामी अर्काे बैठकमा हुने बताइएको छ।  २०५१ सालमा सातौँ तहको प्राविधिक (इन्जिनियर) बाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका कुलमानलाई २०७३ भदौ २९ मा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी निर्देशकको लागि मनोनीत गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए। तत्कालीन मन्त्रिपरिषदमा उर्जामन्त्री जनार्दन शर्माले प्रस्ताव लगेका थिए। २०७३ भदौ २९ मा कुलमान खुल्ला प्रतिस्पर्धाबाट प्राधिकरणको नेतृत्व लिन आएका हुन्।   कुलमानलाई पुन दोहोर्याएर नियुक्ति दिने विषयमा उर्जामन्त्री पुनले नेकपाका दुवै अध्यक्षसँग छलफल गरिसकेका छन्। छलफल कुलमानलाई पुन नियुक्ति गर्ने विषयमा सकरात्मक रहेको बताएको छ। कुलमानको कार्यकाल सकिँदै गर्दा पुन नियुक्ति गर्न सरकारलाई चर्काे जनदबाब भने छ। कुलमानको आज सकिँदै गरेको कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफा भएको थियो।   घिसिङ पुन: दोहोरिनको लागि पनि कानुनले कतै रोक्ने छैन।      
source : thahakhabar

You can share this post!