ती सहिदहरु आज बांँचेका भए माइला लामा थुनेको खोरमा हुन्थे या दोश्रा कुमार पौडेल बनाइन्थे

– लक्ष्मण चौलागाई विद्रोही “

देशले रगत मागे मलाई बलि चढाउनु भन्ने देशभक्त (वीर गोर्खाली)हरु जन्मेको देश नेपाल आमाको अस्मिता कसैले लुट्नु खोजे म सहिद बन्छु भन्ने योद्दाहरु जन्मेको देशजहाँ बुद्द जन्मे, सीता जन्मिइन । हो, त्यही देशमा जन्मिए लखन थापा । त्यही माटोमा जन्मेका थिए शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दहरु । अनि त्यही जन्मे १७००० सहिदहरु ! जसको बलिदानले एउटा सगरमाथा मात्रै उठाएन राजतन्त्रको देश कम्युनिस्ट सत्ता सम्पन्न गणराज्यको नाम पनि ल्याइदियो !ती नामबाट दाम कमाउनेहरु अघिअघी रगत बगाउनेहरु पछिपछि पूजीवादी घट्ट घुम्नु छोडेन, राजतन्त्रले बनाएका जेलहरु बन्द भएनन् ।

गणतन्त्रको कुरा गर्नेहरु राजतन्त्र र निरंकुस राणाशासकले बनाएका हिरासत र जेलहरु पुन:निर्माणमा जुट्दै गरेको अवस्था टड्कारो छ । आजको समाजमा वुर्जुवा पूँजीवादी राजनीतिक संस्कृति हावी भएको अवस्था छ । राजनैतिक सत्ता जनताको हातमा नभएर पूँजीवादीहरुको हातमा भएको हुनाले उनीहरुकै संस्कृतिको प्रचारप्रसार र प्रभावकारिता भने असाध्य बढेको अवस्था छ । जनवादी र समाजवादी संस्कृति शोषित, उत्पीडित वर्गको आफ्नै संस्कृति भए पनि त्यसको प्रचार वर्गीय पहुँचभन्दा टाढा रहेको हुनाले निम्न पूँजीवादीहरुको घेराबाट बाहिर निस्कन सकेको छैन ।

मात्रात्मक परिर्वतन निरन्तर भईरहेको भए पनि गुणात्मक फडको मारेर उत्पीडित वर्गको नेतृत्व र अधिनायकत्वमा प्रचार प्रसार र व्यावहारिक प्रयोग हुन सकेको छैन । यसैले जहिले पनि र जुनै हरफमा थेगो जस्तै बन्न पुगिसक्यो मैले लेख्ने लेखका वाक्यांश जो व्यवस्था बदलिएको संसारले थाहा पाइसक्यो तर त्यही सामन्ती बुर्जुवा पूँजीवादले बदलिएको वयवस्थाको अवस्था जनतासम्म जान दिएन । आफ्नै परिवार र अफन्तलाई अनि अलिअली बाँकी आफ्नै आसेपासेलाई पोस्दै जनताले पाउने मुक्तिको व्यवस्था आजका भिभिआइपीसम्म आएर उनिहरुको परिवार र आफन्तमा हराउनुले मुलुक राजनीतिक हिसाबले बदलिएको वयवस्था देखि नतमस्तक छैन ।

छ त केवल दुइतिहाइको दादागिरी देखि आक्रान्त मेरो देश!यसो त राजनितीले केही गरेको छैन त ? प्रश्नहरु हाम्रा मनमा उब्जनु अश्वाभाविक भने पक्कै हैन । हाम्रो राजनितीले हाम्रो देशलाई केही नदिएको हो भन्ने पनि हैन । दिएको छ १०४ वर्षीय निरंकुश जहानियां शासनको अन्त्यको इतिहास । जसमा नेपाली कांग्रेसले मुलुकमा प्रजातन्त्र बहालीका लागि दिएका राजनीतिक ऐतिहासिक योगदानहरु नभएका हैनन् , भएकै थिए । जतिबेला गणेशमानले खाएका सयौं कोराहरु पनि नमेटिएका क्रान्तिकारी साहस भन्न दलको मुख हेर्ने हैन गणेशमान सिंहका इतिहास भोगाइका भैरवनाथ गण भन्दा पनि कहालीलाग्दा थिए जो इतिहासले नेपाली कांग्रेसलाई पनि जोड्छ ।

कम्युनिस्टहरु थोरैको संख्यामा फैलिदै थिए।मजदुरको पसिना र उद्योगका मालिकहरु बाट खुन चुसिएको बर्ग नै कम्युनिस्ट र कांग्रेस बनेका हुन।जो इतिहास पढ्दा आफै बोल्छ । यसैगरि मुलुकमा संवैधानिक राजतन्त्रको छत्रछायामा कांग्रेसले धेरै वर्षहरु सरकार चलायो । जहाँ नेपाली कांग्रेस विश्वेरप्रसाद कोइरालाको समाजवादको सपना प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा संवैधानिक राजतन्त्र सहित देख्थ्यो भने अर्को कम्युनिस्ट शक्ती एमाले राजतन्त्रको अन्त्य नेपालबाट असम्भव हुने देख्थ्यो ।

नेकपा एकता केन्द्रले राजतन्त्रको समुल अन्त्य र लोकतान्त्रिक गणतन्त्रको विकल्प जनयुद्धबाट देख्दै डा. बाबुराम भट्टराईका ४० सुत्रीय माग नेपाली कांग्रेसको सरकारलाई बुझाएर भुमिगत जनयुद्धको घोषणा पूर्व नेकपा माओवादी गठन गरि मसालका महामन्त्री प्रचण्ड उक्त पार्टीका अध्यक्ष र सर्वोच्च कमान्डर भै दस वर्षे जनयुद्ध चल्यो जो सम्झौतामा टुंगिएता पनि राजतन्त्रको २३७ वर्षीय इतिहास नै अन्त्य गरेर नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै विश्वको एक मात्रै हिन्दु राष्ट्रको उपमालाई खारेज गर्दै धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नतिर पुगेको विडम्बनासंग पश्चिमा कल्चरलाई स्विकार र हाम्रो संस्कृतिलाई चुनौतीको रूपमा ल्याइदियो ।

केही नकारात्मक भविष्यका आत्मघाती निर्णय पनि भए र आज राष्ट्रिय झण्डा जलेको टुलुटुलु हेर्ने राष्ट्रवाद जनतको समाजवादको जोक सुनाउदै अमेरिकी अनुदान एमसिसीमा र्याल चुहाउदैको विडम्बनाले मुलुक खतरा भविष्यको दिशातिर मोडिएको हो कि भन्ने नागरिकको चिन्ता छ।जब जनयुद्ध सम्झौतामा टुंगियो, सम्झौता संसदीय अभ्यासमा रुपान्तरण भयो । जो आज प्रदेश पिच्छे शासक पाल्न नसक्ने गरि (एउटा राजा गएर हजारौं महंगा राजाको अभ्युदय) पछिल्लो चरण बाम गठबन्धन बाट बनेको विशाल नेकपा जसले पर्याप्त दुइतिहाई मत प्राप्त गरि ५ वर्षे सरकार बन्दा सहिद, घाइते, अपांग, बेपत्ता र पिडित सम्पूर्णलाई पहिलो सम्बोधन गर्ला भन्ने थियो।त्यसो नहुदा जनयुद्धका योद्दाहरुले माइतिघर मन्ड्लामा अनशन मात्र बसेनन् उनीहरुलाई पुलिस लगाएर उठाइयो !

जबर्जस्त ४/५ बुँदामा सम्झौता गराई उनिहरुको अन्शन तोडाइयो ! जनयुद्धका घाइतेले गृहमन्त्रालयमा गएर वीष नै पिए । यस्ता अवस्था बदलिएको व्यवस्थाबाट हुन थालेपछी जनयुद्धका माओवादी शिर्ष नेताहरू रुष्ट बनेका छन ।जसमध्ये विप्लव नेकपा जो प्रतिबन्धित छ । जसका कार्यकर्ताहरु मुठभेड्को नाममा टाउकोमा गोली हानेर मारिएका छन, मारेर लास झाडीमा फालिएका छन योद्दाहरुको यो गणतन्त्रको सरकारले यस्तै अवस्थाको व्यवस्था ल्याउछ भनेर सोचेका थिएनन मोहन वैद्य क.किरणले, डाक्टर बाबुराम भट्टराईले । अनि जनयुद्धमा एउटा आँखा गुमाएका हातका औलाहरु गुमाएका नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामाहरुले आज लोकतान्त्रिक गणतन्त्रमा पूर्व राजामहाराजाहरुले बनाएको कारागारमा थुनिनुपर्छ भनेर विरलै सोच्नुभयो होला ।

यसरी इतिहासले झाप्पड सहन गर्न विवश यो व्यवस्थाले खै अवस्थाहरु बदलिएको व्यवस्थाको जस्तो ल्याइदिएन । अनि दुखी छन जनहरु !न त यहाँ अवोधले न्याय पाउछ । न त यहाँ खुंखार अपराधीले दण्डित हुनुपर्छ ।केवल अन्याय सहन गर्नुपर्छ असल मानिसहरुले, दुखी, गरिब, श्रमिकहरुले अनि पिडित बन्नुपर्छ अवला नारिहरुले र सिकार बन्नुपर्छ दोषको निर्दोष र सोझासादा जनहरुले अनि परिवर्तनको नाम मात्र सुनेका नेपाली जनताहरुमाझ सन्त्रास, शोक र पीडाका ती विगतहरु सकिएका छैनन अझै थपिदैछन भन्ने सन्देश दुइतिहाई सत्ताले गरेका दमन निरंकुस भनिएको राजतन्त्र भन्दा पनि चौगुना भैसकेको अवस्था छ ।

कतै लम्बे यात्रा गर्नुपर्यो भने ५९/६० साल तिरका जस्तै चेक पोस्टहरु खडा हुदैछन । नेपाली जनताले आफै सुरक्षा गरेको देश नेपाल र नेपाली जनताका छोराछोरीले रगत बगाएर ल्याइदिएको परिवर्तनमा तिनै परिवर्तनका जननी जिउदा सहिदहरु हिजोका जनताका गीतहरु आज थुन्दैछन ।यसैले परिवर्तनका निम्ति लडेका क्रान्तिका ती महान सपुतहरु जो लडे र आफुलाई लडाइमा नै समर्पित गरेर सहिद भए ती आज बाचेका भए पनि माइला लामा थुनेको खोरमा हुन्थे या दोश्रा कुमार पौडेल बनाइन्थे । आज कम्युनिस्टको सरकारको पालामा कम्युनिस्टकै कार्यकर्ता माथिको दमन र हत्याले यो व्यवस्था लोकतान्त्रिक हैन कि बरु निरंकुश गठबन्धन सरकार भन्दा उचित होला जस्तो लाग्न थालेको छ ।

जनता हिजो उत्साहित थिए आज जनताका उत्साह निरुत्साहित पार्न राज्यले सक्दो बल प्रयोग गरेको बाट स्पष्ट हुन्छ । बरु यतिबेला बहुला काजीका सपनाहरु पूरा हुदैछन । कसरी पूरा हुदैछन काजीका सपनाहरू सार्थक यसै सन्दर्भमा केही मेरा अन्तस्करणमा उब्जिएका मनोभाव काल्पनिक तर यथार्थ जस्तै बिर्सिएका योद्धाको कल्पनामा केही थप सन्दर्भको जोड गर्न चाहन्छु ।मसान घाटको छेउमा सेतो वस्त्र टल्किएको हुन्छ।चितामा लास जल्दैछ । हामीले भन्ने गरेका सहिद ……जो बाचेका भए आज त्यो जल्दै गरेको सहिदकी आमाको लासको नजिकै रहेर गहिरो शोक ब्यक्त गर्दै गरेको हुन्थे जहाँ उनै आकाश भेटिने थिए ।

तर आज त्यो सव जलाउदै गाउलेहरु चुरोट्को धुवाको मुस्लो त्यही चिताको धुंवाको मुस्लोमा मिसाउदै आफ्नै सुरका गफमा गललल हासिरहेका गफिरहेका देखिन्छन । सिमल रुखको टुप्पामा आएर कौवा करायो जोड्जोड्ले ! केही मलामी गएका केटाकेटीले पत्थर कौवा तिर फाल्दै गर्दा तल अवस्थित मन्दिरको जस्तामा ढुंगा बजारिदा आएको ट्याङ्ट्याङ आवाज जसले कसैको न त गफ नै भंग गरेको थियो न त जल्दै गरेको शवको अगाडि विछोड्को आँसु नै बगाइरहेको थियो । अवोध र निरिहको शव जल्दै गरेको थियो।एक महान सहिद जन्माउने आमाको प्रसव पिडाको समुल अन्त्यको ज्वालामा मात्रै जल्दै थिइनन ती आमा गहिरो शोकको पनि समुल अवसान भएकोले होला लास दन्दनी बल्दै थियो ।

आकाश रोइहाल्ला जस्तो कालो बादलको मुस्लो अनि ठुलाठुला थोप्ला वर्षाद जहाँ आकाश रोइरहेको थियो उनै आकाश जन्माउने आमाको दु:खद निधन र शोकले वस्ती अन्धकार मुख लगाए झै लाग्थ्यो।ठिङ्ग उभिएको पहाड घोप्टो परेर घुक्क घुक्क रोइरहेको जस्तो आभष हुन्थ्यो ।लस्करै मुसुक्क हासेको झै लाग्ने बत्तिस दन्ते हिमालको उज्यालो पहाड पनि निराश झै प्रतिबिम्बित हुन्थ्यो । तर त्यहा जाने मलामीहरु जसलाई न त्यो आकाश रोएको वोध भो न त्यो हिमाल झोक्र्याएको अनुभुत भो । बरु रमाइलो चाड जस्तो कोहि तास खेल्दै थिए । कोहि चुरोट उडाइरहेका थिए त कोहि अलिक दुई चार मान्छेहरु छुट्टाछुट्टै बसेर राजनितिको कुरा गरिरहेका थिए ।

नेताका कुरा गरिरहेका थिए।तर ति व्यवस्था परिवर्तन गरिदिने आकाशका कुराहरु त परकै कुरा औपचारिक रूपमा लास जलाउन पुग्नेहरु मात्र थिए । झन्डै ३ घण्टामा आकाशकी आमाको भौतिक शरीर खरानी भो । दुई जनाले टाउकोमा सेतो रुमाल बाधेका छन । उनिहरु चाहिँ एउटै खलकमा पर्ने भतिजाहरु रहेछन । आकाशको घर आज पुरै रित्तिएको छ । ४ घर लस्करैको अलिक मुनि एकान्तमा पराले झुपडी जिर्ण छ । हो त्यही आकाश जन्मेका थिए । अब समुन्द्रको घरमा काजकिरिया गर्ने निधो हुन्छ । केही दिनमा काजकिरिया सकिन्छ ।

अनि सन्तान द्वन्दमा गुमाएर एक्लिएकी आमाको लालपुर्जाको हकदार त्यही समुन्द्र बन्छ । आकाशको आमाको निधनमा नरोएको वस्ती अझै आकाशको माटो समुन्द्रले आफ्नो नाममा पारेकोले पार्टी चल्छ पार्टीमा अतिथी बोलाइन्छ । अतिथिले आकाशको कुरा गर्दैन बरु समुन्द्रलाई हार्दिक बधाई दिन्छ ।गाउमा आकाशको नाममा अस्पताल र स्कुल बनाउने कुरा गर्दैन बरु उ अमेरिका भ्रमण गएको, अष्ट्रेलियामा डिनर खाएको जस्ता उसका संस्मरणहरु भाषणमा मिसाउदै समुन्द्र जस्ता मान्छेहरु हाम्रो माझ पाउनु भनेको हामी सबैको रमाइलो हो भन्दै भाषण अन्त्य गर्दै बियर चियर्स तिर लाग्छ । सम्झिनुपर्ने इतिहास भुल्दै गएका नसम्झनुपर्ने कुरा सम्झाउने पात्रहरुको रमाइलोको निम्ति आकाशहरुको सहादत्त गराइएको रहेछ जस्तो अनुभुत त्यहा देखिएका दृश्यले गरे । क्रान्तिको झन्डा र राज्यको सलामी खाएर जल्नुपर्ने जिउदै पुरिएकी आकाशकी आमाको शव एउटा निरीह र बेखबर पात्र झै जल्यो त्यस्तै सहिदका सपनाहरु मर्दै गए बरु साकार हुन थाले बहुलाकाजीका सपनाहरु………….क्रमशः

You can share this post!