काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील नभएको दाबी गरेका छन्। उनले कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेको बेला पनि सरकार गम्भीर नदेखिएको आरोप लगाए।
कांग्रेस कोभिड–१९ अनुगमन समितिले प्रदेश १ का पार्टीका अगुवा नेता कार्यकर्ताका साथै जनप्रतिनिधिसँग गरेको भर्चुअल छलफलमा सभापति देउवाले पीसीआर परीक्षण बढाउन सरकारसँग आग्रह गरे । उनले भ्रष्टाचार गर्नुभन्दा अस्पताल निर्माणमा लाग्न सरकारलाई आग्रह गरे ।