एकै परिवारमा ३ जना भेटिए मृत अबस्थामा

काठमाडौँ भक्तपुरमा एकै परिवारका ३ जना मृत अबस्थामा फेला परेका छन् । प्रहरी स्रोतका अनुसार मध्यपुर थिमि नगरपालिका ९ निकोसेरास्थित ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव शुक्रबार साँझ घरमै फेला परेको हो । घरको दोश्रो तल्लामा कुकुर र सम्झनाको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिपको शव फेला परेको प्रहरी स्रोतले बताएको छ ।

आज करिब ४ बजे मृतकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन शव फेलापछि प्रहरीलाई खबर गरेका थिए । उनका अनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए । मृतकको घरसंँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी गराएकि छन ।

You can share this post!