अखिल क्रान्तिकारी कञ्चनपुर द्धारा रक्तदान कार्यक्रम

धनगढी –अखिल क्रान्तिकारी कञ्चनपुरले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरमा रक्तदान कार्यक्रम गरिएको अखिल क्रान्तिकारी जिल्ला संगठन समिति कञ्चनपुरले जानकारी दिएको छ । कोरोना संक्रमितक दर उच्च रहेको कारण जिल्लाको ब्लड बैङ्कमा रगत अभाव हुँदा आफुहरुले रक्तदान कार्यक्रम आयोजना गरेको संगठनले जानकारी गराएको छ ।
पहिलो चरणमा ६ जनाले रक्तदान गरिएको र यस कार्यलाई आवश्यकता अनुसार निरन्तरता दिने पनि सो संगठनले बताएको छ ।

You can share this post!