कार्यकक्षमै गएर पत्रकार माथि कुटपिट, कार्वाही गर्न महासंघको माग

धनगढी  धनगढीमा रहेको दिनेश सञ्चार गृहमा छिरेर पत्रकारमाथि आक्रमण भएको छ । धनगढीका १५/२० जना युवाको समूहले सञ्चार गृहभित्र छिरेर पत्रकारमाथि हातपात गरेका छन् ।

‘धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ शीर्षकको समाचारलाई लिएर पत्रकारलाई उक्त समाचार हटाउन दबाब दिँदै हातपात गरेका हुन् । सञ्चार गृहका सह–सम्पादक जनक विष्टलगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका छन् । 

“हाम्रो अनलाइनमा प्रकाशित समाचारका विषयमा उहाँहरूले असन्तुष्टि जनाउनुभयो। हामीले प्रहरीले दिएको जानकारीका आधारमा समाचार लेखेका हौं” पत्रकार विष्टले भने, “उहाँहरू आत्महत्या होइन, हामीलाई हत्याको आशंका छ भन्दै आउनुभएको थियो, गलत समाचार किन लेखेको भनेर हातपातमा उत्रिनुभयो।” घट्नाको नेपाल पत्रकार महासंघ कैलाली लगायत विभिन्न संघसंस्थाले घोर आपति जनाएका छन् ।

महासंघले विज्ञप्ति जारी गर्दै घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सिङ्गो पत्रकारिता क्षेत्रमाथिको आक्रमणको घटनाका रुपमा लिएको जनाएको छ । ‘समाचारको विषयमा कुनै विमति भए त्यसको समाधानका लागि कानुनी बाटो हुँदाहुँदै एकाएक सञ्चार गृहमा तथा पत्रकारमाथि आक्रमण गरिनुले पछिल्लो समय आम पत्रकारले असुरक्षित महसुस गर्नुपरेको महासंघको बुझाइ छ, ‘ महासंघका सचिव मीन ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

You can share this post!