बिना धितो १५ लाख ऋण दिने सांग्रिला डेभलपमेन्ट बैंककाे निर्णय !

काठमाडौं  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल डेन्टल एसोशियशन बीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई बैंकका बिभिन्न बैंकिङ्ख सेवाहरु उपलब्ध हुनेछ । साथै बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

यस कर्जा अन्तर्गत कर्जावालाई रु एक लाख सम्मको कोभीड–१९ इन्स्योरेन्स निःशुल्क प्रदान गर्नेछ । बैंक र एसोशियशन बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोशियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका छन् । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ । बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।

You can share this post!