श्रमिक उद्दारको नाममा ब्रह्मलुट मच्चाउनेलाई कारबाही गर्न जनप्रगतिशिल मोर्चा मलेसियाकाे माग

नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले उद्दारको नाममा श्रमिकहरुलाई महंगो रेट राखेर ब्रह्मलुट मच्चाउने पर्यटन मन्त्रालय उड्डयन मन्त्री लगायतले गैरन्यायिक कार्य गरेको भन्दै अाफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय प्रवास ब्युरो सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा मलेसियाका अध्यक्ष विजय लामाले एक प्रेस विज्ञप्ति जारी गरि यस विषम परिस्थितिको मौका छोपेर उडानका नाममा महंगो भाडा असुल्ने केही ट्राभल एजेन्सीहरुले पर्यटन मन्त्रालयकै अधिकारीको मिलेमतोमा चार्टर्ड उडान गरेर महँगो शुल्क उठाएका सुचनाहरु प्राप्त भएको भन्दै श्रमिक उद्दारको नाममा ब्रह्मलुट मच्चाउने यस्ता ट्राभल एजेन्सीहरु लगायत पर्यटन मन्त्रालयको ठगी धन्दामा संलग्न अधिकारीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कूटनीतिक नियोगमार्फत तुरुन्तै कार्वाही गराेस् भनी माग गर्नु भएको छ ।

साथै मजदुर हित विपरीत तीन गुणा महँगो हवाई मुल्य छिटोभन्दा छिटो परिवर्तन गरि विदेशमा रोजगार गुमाएका अलपत्र नेपाली श्रमिक मजदुरहरुलाई अवस्था हेरी निशुल्क र न्युनतम शुल्कमा सरल र सहज तरिकाले कुटनैतिक पहल गरि स्वदेश फर्किने वातावरण बनाउन सरकारसँग जोडदार माग समेत गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ -‘सिंगो विश्व कोरोनाको संक्रमणबाट आक्रान्त भएको अवस्थामा विदेशमा भएका नेपाली श्रमिकहरु ल्याउन र विदेश लैजान भएका नियमत फ्लाइटमा केही ट्राभल एजेन्सीहरुले तीन गुणा महँगो शुल्क लिरहेको छ । अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेको मौका छोपेर उद्धार उडानका नाममा ट्राभल एजेन्सीहरुले चर्को शुल्क उठाएर श्रमिकहरुलाई प्रत्यक्ष मारमा पारेका छन् । यस अवस्थमा राज्यले श्रमिकहरुको दुखको घाउमा मल्हम पट्टि गर्नुको विपरीत नुन छर्ने कार्य गरेको महशुस भएको छ ।’

You can share this post!