कोरोनाका कारण सिर्जित समस्याबारे तत्काल योजना बनाएर अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु –प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण सिर्जित समस्याको सम्बोधन गर्नेगरी तत्काल योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालय सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका हुन् ।

बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुने बताए ।

उक्त अवसरमा प्राडा सुदर्शन नरसिंह प्रधान, डा् पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणिन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूको उपस्थिति रहेको थियो

उनीहरुले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्रीले बैठकमा भने, ‘कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।’

source : kathmandupati.com

You can share this post!