वनमन्त्री वस्नेतसंग अष्ट्रेलियन राजदूतले भने : रेडपाण्डा हेर्न नेपाल आउने योजनामा छु

काठमाण्डु – नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बडले वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतसंग विदाई भेट गरेका छन् ।

सिंहदरवारस्थित वनमन्त्रालयमा भएको भेटवार्तामा आपसी हितका साथै द्धिपक्षिय सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री वस्नेतले नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको र दुई देशबीच सम्बन्ध समधुर रहेको भन्दै द्धिपक्षिय सम्बन्धलाई अझै मजबूत बनाउनुपर्नेमा जोड दिए ।

सामुदायिक वनको क्षेत्रमा अष्ट्रेलियाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिंदै मन्त्री वस्नेतले आगामी दिनमा समेत वन र वातावरणको क्षेत्रमा सहकार्य जारी राख्ने धारणा व्यक्त गरे ।

मन्त्री वस्नेतले कोभिड १९ को विश्वव्यापी महामहारीले संसारलाई नै चुनौति थपेको भन्दै यो महामारीविरुद्ध लड्न संयुक्त रुपमा सहकार्य आवश्यक रहेको बताए ।

उनले राजदूत बडलाई नेपालमा रहंदा नेपाल अष्ट्रेलिया सम्बन्ध मजबूत बनाउन पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गरे ।

भेटमा राजदूत बडले इसिमोडमा मन्त्री वस्नेतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले दुई देशबीचको ६० वर्षको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

राजदूत बडले लकडाउनको समयमा समेत अष्ट्रेलियामा केही उडानहरु भएको जानकारी दिंदै कोभिडपछि त्यसले व्यवसायीक उडानका रुपमा निरन्तरता पाउनेमा आफु आशावादी रहेको धारणा व्यक्त गरे ।

अष्ट्रेलियन राजदूतले नेपालको नेचर वेस पर्यटनको प्रंशसा गर्दै आगामी दिनमा समेत त्यसलाई सहयोग र प्रवद्र्धन गर्न आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले चितवन र वर्दियामा आफुले गरेको भ्रमणको सम्झना गर्दै आगामी दिनमा रेडपाण्डा हेर्न नेपाल आउने ईच्छा समेत व्यक्त गरे । भेटमा कर्णाली प्रदेशमा कोभिड रिकभरी कार्यक्रम संचालन गर्ने विषयमा समेत छलफल भएको थियो ।

source : kathmandupati.com

You can share this post!