इलामको गजुरमुखी धाम मा पहिरो

बेनाम बादशाह (रमेश) इलाम जिल्लाको पश्चिमि क्षेत्र माङ्सेबुङ गाउ पालिका वार्ड न १ मा अवस्थित पबित्र धार्मिकस्थल गजुरमुखि धाममा गत १९ गते राती १:४० बजे तिर पहिरो गएको छ । धार्मिक आस्था अनुसार प्रसिद्ध मानिने र नेपाल लगायत भारत का सिक्किम दार्जिलिङ लगायत धेरै ठाउ बाट दर्शनार्थि हरु आउने उक्त धार्मिक स्थल मा आफुले आटेको मागेको पुरा हुने र बिशेष गरेर निसन्तान दम्पति ले यस धाम मा आएर सन्तान मागे सन्तान प्राप्त हुने जन बिश्वास रहदै आएको छ ।

ढुङाको पहाड मा अवस्थित यस धाम मा माथी बाट ढुङा तथा रुख झरेर मन्दिर क्षेत्र मा अवस्थित भैतिक समरचना मा पनि क्षति पुगेको र मन्दिर परिसर मा लगाएको फल्दै गरेको बहुमुल्य रुद्राक्ष को बोट पनि ढलेको छ । स्थानिय को जानकारी अनुसार सो ढुङा र रुख लडेर अन्दाजी २५ लाख जतिको क्षति भएको छ

You can share this post!