यो लोकतान्त्रिक गणतन्त्र हो कि अधिनायकवादको दमनतन्त्र ?

लक्ष्मण चौलागाई “विद्रोही”

इतिहासमा शुक्रराज, धर्मभक्त, दशरथ र गंगालालहरुले आहुती दिएकै कारण प्रेरित भएर भूपीले कविता लेखे,”हुदैन विहान मिर्मिरे तारा झरेर नगए ।बन्दैन मुलुक दुई चार सपूत मरेर नगए।। त्यसपछी मुलुकमा एकतन्त्रीय जहानीयाँ राणाशासन विरुद्द जनता जुटे,राजा पनि जुटे ,कांग्रेस जुट्यो , अनि राणाहरुको आपसी कलह पनि आजको दलाल सरकारी नेकपा जस्तै बढ्दै गयो र अन्ततः ००७ सालमा राणा श्री ३ को श्रीपेच संग्राहलयमा थन्किन विवश भयो। राणाले देश र जनतालाई निरंकुशता लादे तर देश बेचेनन,राणाकालीन विकास आज पनि सम्पदा बनेर रहे। मात्रै जनतालाई पढ्ने,लेख्ने ,बोल्ने अधिकार बाट बन्चित पारेको राणाकाल मात्र १०४ वर्ष अन्धकारमा गुज्रन विवश भयो ।

त्यतिबेलाको राणाकालीन जस्तो विकास ,निर्माण आजको निकम्मा भ्रष्टाचारी दलाल नेकपाले किमार्थ गर्न सक्दैन ,लुटपाट बाहेक। यसर्थ: राणाकालको सुन्दर पक्ष आजका हाम्रा अमूल्य सम्पदाहरु हुन। कुरुप पक्ष भनेको सती प्रथा थियो,निरंकुशता थियो। १०४ वर्षको राणा डायरी यसैगरी च्यात्तिएको थियो। देवशमशेर जवरा राणाकालका महामानव थिए,उहाँमा दया थियो। जुद्द शम्शेर क्रुर थिए। यो कुरा कति मैले इतिहास विषयको विद्यार्थी भएर थाहा पाएं भने धेरै जसो राणाशासन पतन हुनुभन्दा ९ वर्ष पहिला जन्मनुभएका मेरा स्वर्गवासी पिताजीले दन्त्यकथा भनेर सुनाउनु भएको थियो। जो आज मेरो मस्तिष्क भरी नबिर्सने गरि रहिरहेको छ। त्यसपछी मुलुकमा स्व.राजा श्री ५ त्रिभुवन युगपिताको अगुवाईमा प्रजातन्त्रको शासन चल्यो।

जनताको हितमा गरिने शासन व्यवस्थाको परिकल्पना आजका होली वाइनका मतियारले परिकल्पना गरेका होइनन त्यो परिकल्पना इतिहासमा ७० वर्ष बूढो भैसक्यो। प्रजातन्त्र प्राप्ती पछि खोपीका युवराज महेन्द्र पिता त्रीभुवनको मृत्यु पछि डेढ दशक जति राजा भए ।सिकार खेल्न जाँदा उनको चितवनमा ०२८ मा मृत्यु भयो र आए सत्तामा स्व. श्री ५ वीरेन्द्र ।जसले नेपाली जनतालाई(२०३६ सालमा) जनमत संग्रह दिए। उनैको पालामा बहुदल पनि आयो। अधिकार खुकुलो पार्दै आएका थिए वीरेन्द्र। उनी त्यति क्रुर कहिले पनि बनेनन्, यद्यपि ०४६ सालको भिषण जनआन्दोलनमा पनि ।उनले जनताको रगत आजका दलालले जसरी पिएनन। ५२ सालमा जनयुद्ध सुरु भयो ।

वीरेन्द्र छौन्जेल नरसंहार र भिडन्त खासै धेरै भएनन उनी शान्त प्रकृतिका राजा थिए। यतिसम्मकी स्व. मदन कमरेडले मृत्युपुर्व शक्तिशाली राजा श्री५ वीरेन्द्रलाई श्रीपेच फुकालेर मैदानमा लड्न आउ भनेर उध्घोष गर्दा पनि वीरेन्द्रले मदनलाई क्रुरता लादेनन् बरु दरवारमा बोलाएर मदनलाई सम्झाए अरे। राजाविरुद्द कठोर अभिव्यक्ती दिएका भण्डारीलाई समेत नरम बनाएर पठाए त्यसपछि मदनले वीरेन्द्रलाई प्रहार गरेनन् बरु आफ्नो भनाई सच्याएका भाषण आज पनि युट्युबहरुमा जिवितै छन् । यहि कथित एमाले गुटले आफ्नै मदन मार्यो या दिन नै त्यो थियो तर बेलाबेला मदन आश्रीत हत्याकाण्डलाई कहिले जिप दुर्घटना त कहिले हत्याकाण्ड भन्दै जनतामा भोटका लागि बोलेका झुट बाट नजर अन्दाज गर्न सकिन्छ कि मदन आश्रीतको हत्यारा रअ र सिआइए नभै यहि दलाल दुष्चक्र पो थियो कि भनेर।

विक्रमको ०५८ सालमा प्रजावत्सल राजाको वंश नै विनास भो (दरवार हत्याकाण्ड) जसको खोजी आजका दलाल दलले गरेनन् वीरेन्द्रको परिवारको मृत्युमा मृतक युवराज दीपेन्द्रलाई नै दोषारोपण गरेर दलाल दलहररुले स्व.वीरेन्द्रको परिवारलाई न्याय दिएन।बरु स्व. दीपेन्द्रको मुहार इतिहासमा कालो पोतिएको अनुहार बनाइदियो। देश सोही बेला देखि टुहुरो भयो ,नागरिक असहाय र निरीह भए जहाँ अभिभावकिय भूमिका ब्रम्हलुटतन्त्रले दिएन बरु नागरिकका छोरीचेली मारिदा अपराधी जत्थाले लासकै राजनिती गरिरहयो। सत्रहजारको नरसंहार पछि बदलिएको व्यवस्थाले न जनताको अवस्था बदलियो न नागरिकले सुरक्षा नै पाए न त सुशासन नै बरु नागरिकको ढाड्मा दाल दल्दै रक्तपिपासु दलालले अपराध गरि नै रहयो।

जनताको सात दलको संयुक्त जन आन्दोलनको जस जनतालाई दिएन बरु जो अगुवा उही सर्वोपरिको जस लिदै जनताका छोराछोरीले लडेर ल्याएको गणतन्त्र महलमा लुकायो र जनतामाथी तिब्र दमन गर्यो र गर्दैछ। जनयुद्ध लड्नेलाई दमन गर्यो ,भ्रष्टाचारी दलाल निकम्मा कपुतहरुको दलाल संसदीय राजतन्त्रले जनयुद्धमा नमरी बाचेकाहरुलाई समेत गणतन्त्रमा मारी नै रहयो। यस्तो कुव्यवस्थाले हामी नेपालीलाई यो दलाल कुव्यवस्थाको गोली पिउन बरु तयार हुन बाध्य बनाउदै छ।

“युद्धमा प्रयोग गर्यो गणतन्त्रमा लात हान्यो

हिजो नमरी बाचेकालाई पनि आज मार्न थाल्यो

घाइते अपांगलाई के जगेर्ना गरोस

सिन्धुलीमा पनि अखण्डको खुट्टा भाँच्यो

सहिदको फोटो टाँसेर लासको व्यापार गर्नेले

हिजो नमरी बाचेकालाई पनि आज मार्ने दुस्साहस गरिरह्यो

तर कठै !!

ती जिउदा योद्दाहरुले औषधिमूलोको लागि यसरी चीत्कार गर्नुपर्यो निकम्मा भ्रष्ट ,लालगद्दार जल्लाद ,लज्जास्पद राज्य टिकाउन दमन र धरपकडको नीति अंगिकार गर्दै गणतन्त्र र लोकतान्त्रिक विधिको विधाननै च्यात्न थाल्यो ! नि:शब्द र स्तब्ध आइराखेका प्रेस बक्तव्य र विज्ञप्तिहरुले बनाइरहयो सरकारी नेकपाको गृहमन्त्री शान्ती चाहन्छ कि अशान्ती ? सोध्न मन लाग्यो ….द्वन्दवाद चाहन्छ कि दमन ? परिवर्तनको रक्षा गर्न चाहन्छ कि कू ? लोकतन्त्रलाई बचाउन चाहन्छ कि हत्या गर्न ? यो देश गृहमन्त्री र केपीको कि सारा जनताको ? अपराधीलाई रिहाई गर्दै क्रान्तिकारी शक्तिलाई अन्धकार जेलको खोरमा थुनेर सुशासन ल्याउन चाहन्छ कि कुशासन ?

अमेरिकी साम्राज्यवादले समेत विश्वमा यतिबेला दमन बन्द गरेर कोरोना कहर विरुद्द लड्दै छ भने गृहमन्त्री कोरोना कहरमा पनि किन ती आस्थाका सिपाही र धरोहरहरुलाई प्रहरी लगाएर दमन गर्दैछ ? यो लोकतान्त्रिक गणतन्त्र हो कि निरंकुश अधिनायकवादको दमनतन्त्र ? यिनै प्रश्न हुन निकम्मा भ्रष्ट दलाललाई !! अब विप्लवका डिसिएसका खुट्टा भाच्ने मात्रै हैन ब्रम्हलूटतन्त्र विरुद्द बोल्ने हामी आम नेपालीको इन्काउन्टर गर सरकार ! अनि टिक्छ ब्रम्हलूटको दमनकारी सत्ता !” प्रतिक्रान्तिका लठैतहरुले विभिन्न बर्गका मानिसहरुको नाम र नारा लिएर आफ्नो विरासत सांध्दै बर्ग संघर्षको हत्या गर्ने दुस्साहस गरि नै रहन्छ, जो आज तिब्र दमनले स्वयं उजागर गरिरहेको छ।

बर्ग संघर्षका आन्दोलनहरु चरण चरण पार गरेर मात्रै क्रान्तिका सपनाहरु एक दिन सार्थक अवश्य हुनेछ भन्ने विश्वास लागेको छ। होला हाम्रो जीवनकालमा हामी सफल होउँला या नहोउँला ,तर सयौं वर्षपछी भए पनि हामी सफलता हासिल गरेरै छोड्नेछौं। महान जनताका मुक्तिका सपनाहरु एक दिन जरुर सफल भएरै छोड्ने छ। क्रान्ती भनेको निरन्तर बहिरहने नदि हो भने प्रतिक्रान्ती भनेको नदिमा बेला बेला खसिरहने पहिरा र क्षणिक आउने बाढीहरु नै हुन।तर प्रतिक्रान्तिका लठैतहरुका गुलामी दासहरु भने हरेक सेकेन्ड जन्मिरहन्छन जो आफ्नो निजि स्वार्थको लागि चाटुकार भएर जिउन विवश मात्रै हुदैनन् बाँचेर पनि मरेतुल्य र स्वतन्त्र भएर पनि बन्दी जस्तै हुन्छन् भने सच्चा क्रान्तिकारी जोधाहा इतिहासमा हजारौं वर्षमा एक पटक मात्रै जन्मन्छन् र युगौं युग भरि अमर भै बाचिरहन्छन् ।

हरेक मुलुकमा व्यवस्था अदलबदल भैरहन्छन त्यस्तै नेपालमा पनि तीन चार व्यवस्थाहरु बदलिएको देखें। व्यवस्था जब बदलिन्छ तब त्यो व्यवस्थाको हकदार सारा जनता हुन्छन् भन्ने विश्वास मैले म जान्ने बुझ्ने भएको बेला देखि नै मनन गर्ने गर्थें। ०५२ साल देखि ०६२ साल सम्म विद्यमान जनयुद्धको सर्वोच्च कमान्ड गर्नुहुने नेकपाका अध्यक्ष प्रचण्ड जसको नामको चर्चा मैले यस अघि नै मिर्मिरे सन्चार डट कमबाट नै गरिसकेको छु। एउटा प्रचण्ड निर्माण गर्न मुलुकले थुप्रै चुनौती र बलिदान गर्नुपर्यो। एक्काइसौं शताब्दीको क्रान्तिको विगुल फुक्ने अभियन्ताको रुपमा मुलुक र जनताले प्रचण्ड उपर धेरै नै विश्वास गरेको थियो। आज मुलुकको व्यवस्था बदलियो तर जनताको अवस्था बदलिन सकेन।

गाउगाउमा सिंहदरबारको नारा लगाइयो र निर्वाचन पनि भयो सरकार पनि बन्यो तर गाउगाउमा भएका सिंहदरबारले जनतालाई सिंहदरबारको आभाष र अनुभूति गराउनुको सट्टा भ्रष्टाचारगृहको चाहिँ प्रत्याभुती गरायो। दरवारबाट खोसेर ल्याइएको गणतन्त्र महलमा विसर्जन भयो। जनताले एक थान लिखितममा संविधान पायो व्यावहरत: यसको प्रयोग भएको पाइएन। मुलुकमा कम्युनिस्ट राज्यव्यवस्था आइसकेपछी यो पूर्ण मुक्तिको व्यवस्था बन्छ। यसले कोहि उच्च- र निच जाती भन्दै विभेद गर्दैन ।दुखी गरिब जनताका सुदिनहरु आउछन र जनताले विकास,निर्माण,सुविधा र सुखको आभाष गर्दछन भन्ने महान विश्वासहरुकै जगमा प्रचण्डले हाइकमान्ड गर्नुभएको जनयुद्धमा जनताका छोराछोरीहरुले बलिभेदी चढेका थिए।

दस वर्ष सम्म जारी जनयुद्धले १७ हजार नेपाली जनताका छोराछोरीहरुको जीवन निल्यो। कयन चेलीहरुको सिउँदो पुछियो ,कयन कलिला मुनाहरुको घाँटी निमोठियो ,कयन बृद्दहरुको बुढेसकालका सहाराहरुलाई कोहिलाई माओवादीको नाममा त कोहिलाई सुराकी,जासुसी त कोहीलाई सेना र प्रहरीको भएकोमा हत्या गरियो। अनि जनयुद्ध मात्रै काफी भएन सात दलको संयुक्त ऐतिहासिक जनआन्दोलन ०६२/६३ पनि आवश्यक भयो र नारायणहिटि राजदरबार म्युजियममा रुपान्तरण भयो,मुलुकलाई लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो। गणतन्त्र आएसी मुलुकले अब काख रित्तिएकाहरुलाई भरोसा,सिउँदो पुछिएकाहरुलाई सुरक्षा र गर्भमा नै टुहुरो भएकाहरुलाई अभिभावकिय भूमिका निर्वाह गर्ला भन्ने आम जनताको आशा थियो।

वस्तीवस्तीमा भएका युद्धकालीन घटनाले घायलहरुको गणतन्त्रमा औषधोपचार,बेपत्ताका परिवारलाई सान्त्वना ,मुलुकका अमूल्य युवा उर्जालाई आफ्नै मुलुकमा रोजगारिका सिर्जना ,शिक्षामा परिवर्तन र समानता,स्वास्थ्य आम नागरिकको पहुँचमा र गाँस,बास र कपासको व्यवस्थाका अवस्थाहरु लिएर आउनेछ भन्ने विश्वासकै वजह माओवादको म नजानेकाहरुले जनयुद्धमा आफुलाई बलिदान गरे भने ६२/६३ सालको जन आन्दोलनमा पनि सात दलका तीन करोड जनताले यस्तै विश्वासमा एक्यवद्धता जनाएर मुलुकबाट २३७ वर्षीय राजतन्त्रको विघटन र लोकतान्त्रिक गणतन्त्रको उद्घाटन गरेका थिए नेपाली जनताले।

तर व्यवस्था त बदलियो ,जनताले बोकेका भरोसाका अवस्थाहरु केही पनि बदलिएनन। नागरिकको बाच्न पाउने हक र अधिकार साथै न्याय नै हरण भयो। सिन्धुलीमा शाही सेनाले घाँटी निमोठेर गोली हानेर हत्या गरिएकी निरु दर्लामी कुँवरकी १० वर्षीया छोरी निरन्जना कुँवर हुन या शाही सेनाले हत्या गरेकी काभ्रेकी देवी सुनुवारकि १४ वर्षीया छोरी मैना सुनुवार हुन या गोर्खामा हत्या गरिएका अवोध बालक दिलबहादुर रम्तेल हुन कोहि कसैले गणतन्त्रमा न्याय पाएनन् । बरु गणतन्त्रमा फेरि मारिन विवश भए कैलालीकी माया विक,कंचनपुरकि निर्मला पन्त ,न्यायको माग गर्दै अन्सन बस्दाबस्दै मरेर गए गोर्खा फुजेलका नन्द प्रसाद अधिकारीहरु । न्याय बेखबर भयो।

जनताले न्यायिक राज्यको परिकल्पना गरेको गणतन्त्रमा जनयुद्धका गोर्खा जेल ब्रेकर उमा भुजेल र जनयुद्धका योद्दा कमरेड माहिला लामाहरु बदलिएको वयवस्थाको नबदलिएको अवस्थाको राणा श्री ३ र राजा श्री ५ हरुले बनाएका जिर्णतम जेलमा अपराधी झै अन्धकार र चिसो जेलमा कैद भए। अन्ततः उमाले दमनको सांग्लो छिनालेर आफ्नो रिहाई आफैं गरिन् । गणतन्त्र जनताको साझा व्यवस्था हुन सकेन। जनताको अभिभावकिय सत्ता लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्थाको सत्ता हुन सकेन।

जनयुद्धमा गोली पिएर पनि बाच्न विवश घाइते संजोग शरिक ,चन्द्रबहादुर विक,रचना ,जमीन लामा,सैन्य यातनाले आधा शरीर मारिएर रिहाई भएका आभाष चौलागाईं प्रसन्न ,नम्रता जियम लगायत थुप्रै थुप्रै युद्धका घाइतेहरुको लागि गणतन्त्र आएन ।बरु गणतन्त्र नारायणहिटि बाट महलतिर गएर लुक्यो अनि जनताका सपनाहरु चुके । आम जनताका भरोसा र आशाका अभियन्ता ,क्रान्तिका अगुवा प्रचण्ड स्वयमले गणतन्त्रमा भाषण गर्दा मेरा दस लाख कार्यकर्ता भन्नमात्रै सके तीन करोड जनता भन्न सकेनन अनि सत्ता र सरकार पार्टीको भयो ।व्यवस्था अगुवाहरुको निजि सम्पत्ती जस्तो भयो। युवा परनिर्भरता बढ्यो। बजार भाउ आकाश छुने गरि महंगियो ।

दुई छाक खाने जनताका छोराछोरीले अब एक छाक खाएर जीवन गुजार्नुपर्ने दिन सन्निकट आयो। कृषिप्रधानको गरिमा बोकेको हाम्रो देश नेपाल अब सुपरमार्केट प्रधान बन्यो। रिवनहरु काटिदैछन सुपरमार्केटका अनि शेयर होल्डरहरु पनि कमाउनिस्ट्कै नेताहरु भए। निर्वाचन पूर्व थोरै सम्पत्ती भएका वडा अध्यक्षहरु शहरका घरभेटी बने,मेयरहरु अमेरिकी लाहुरे जस्ता भए भने मन्त्री र प्रधानमन्त्रीहरु उद्योगपति विनोद चौधरी जस्तै बने। यसैले गणतन्त्रमा प्रचण्डका जनता दस लाख कार्यकर्ता मात्र भए। दुई करोड नब्बे लाख जनतालाई प्रचण्डले विर्सिए। अब भन्नुस प्रचण्ड ज्यु मेरा तीन करोड जनता अन्यथा नागरिकहरुले असाध्यै मन दुखाएका छन् । घाइतेहरु विष पिउन विवश अवस्था आइसक्यो। यस्तै थियो जनयुद्धको मर्म र गणतन्त्रको सार्थकता ? प्रश्न अनुत्तरित नै रहयो

You can share this post!