राष्ट्रिय महिला रग्बी टोलीकी क्याप्टेनलाई कोरोना

भदौ १८, २०७७ हेटौंडा : नेपाल राष्ट्रिय महिला रग्बी टोलीकी क्यापटेन एलिसा थापालाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी छन्। ४ दिनअघि दिइएको स्वाब परीक्षण क्रममा कोरोना पोजेटिभ आएको उनले बताइन्।  सन २०१७ देखि नेपालको रग्बी टिम सम्हाल्दै आएकी थापा अहिले बागमती प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख स्वकीय सचिवको रुपमा कार्यरत छिन्।उपसभामुख र उनको छोरालाई कोरोना निको भएकै दिन दिएको स्वाब रिपोर्टमा उनको भने कोरोना पोजेटिभ देखिएको थियो।  उपसभामुख सरकारी निवासमै थापा होम आइसोलेसनमा बसेकी छन्। सामान्य लक्षणहरु देखा परे पनि स्वास्थ्य अवस्था ठिक भएको थापाले बताइन्। नेपालको महिला टोलीले रग्बीमा सहभागिता नजनाएको एक वर्ष भएको समेत उनले बताइन्।   
source : thahakhabar.com

You can share this post!