आज कोरोनाबाट १,०६९ जना सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,०६९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४८१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४० हजार ५२९ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २३९ पुगेको छ । पछिल्लो २४ घन्टामा ७६८ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना निको हुनेको सङ्ख्या भने २२ हजार १७८ पुगेको बताइएको छ ।

source : eratokhabar.com

You can share this post!