“ए ! बिस्वभरका शासकहरु हो “

बि पि बिद्रोहि

“ए ! बिस्वभरका शासकहरु हो “

कति थुन्छौ मान्छेहरुलाइ घर भित्र-भित्रै ?

एक दिन पनि होइन, दुइ दिन पनि होइन

महिना पनि होइन !

साल जान लाग्यो ?

तिम्रो असफलताको सिकार

कति दिन बन्ने हो बिस्वले ?

ए ! बिस्वभरका शासकहरु हो –

हात जोडेर माफि माग ,,

र तिमिहरु सबैले सामुहिक आत्मदह गर !

कोभिड सग हामि लड्छौं

तिमि तिम्रो दरबार भित्रै बस !

तातो खाउ, मिठो खाउ ,

सेनिटाइजर घस- धस- दल -लगाउ

साबुनपानीले मिचि मिचि हात धोउ ,

रगड छाला जानेगरि

हामिलाइ लडन देउ

तिम्रो असफलता सग

मेरा लालाबाला हरु भोका छ्न

मेरा दाजुभाइहरु शोकमा छन

दिदिबहिनीहरु भयभित छन

भाइरससंग भन्दा तिमिसंग

के गर्यो तिम्रो शक्तिले

के गर्यो तिम्रो डलरले

के गर्यो तिम्रो युरोले ?

मंगलमा यान पठायौ

सुर्यको आयतन नाप्यौ

इरानमा क्षेप्यास्त्र हान्यौ

के गर्यो तिम्रो बारुदले

के गर्यो तिम्रो अस्त्रले

हिन्दमहासगरमा मन्दिर बनयौ

मदिनामा मस्जिद बनायौ

के गर्यो तिम्रो परमेस्वरले

के गर्यो अल्लाहाले

के गर्यो तिम्रो भगवानले ?

ए शासकहरु तिमिहरुलाइ लाग्दैन

अलिकति पनि लाज,

अलिकति पनि सरम,

र अलिकति ग्लानि ?

कति दिन चल्छ यसरि…..

कति महिना ? कति साल चल्छ यसरि ?

ए बिस्वभरका शासकहरु हो

हात जोडेर माफि माग र जाउ

सामुहिक आत्मदह हर ।

के सत्ताको काम रोगिहरुको संख्या गन्ने मात्र हो ?

के सत्ताको काम लास गन्ने मात्र हो

उपचार खोइ

औसधि खोइ ?

राज्य किन चहिन्छ ?

सरकार किन चाहिन्छ ?

देश किन चाहिन्छ ?

सत्ता टाठाबाठाहरुले जागिर खाने कारखाना हो भने

चाहिदैन हामीलाइ राज्य ?

बिघटन गर तिम्रो सम्राज्य !

राज्य जनताहरुलाइ रैति बनाउन मात्रै हो ?

हाम्रा पेटहरु भोको राखेर

हाम्रा आँखाहरुमा निद राखेर

हाम्रा सपनाहरू अन्धकारमा राखेर

भबिस्यहरु अन्योलतामा

किन ? के का लागि मानुं तिम्रो फर्मान

कति दिन चल्छ यसरि ?

खोइ दबाइ ?

खोइ उपचार ?

ए भिस्वभरका शासकहरु हो

आफ्नो असफलतालाइ बन्दुकले रोक्न नखोज

भ्रमकोपर्दाले छेक्न नखोज

खुरुक्क जाउ हात जोड माफि माग

र सामुहिक आत्मदह गर

ए बिस्वभरका शासकहरु हो ! ?

You can share this post!