सिडिओको पहलमा निःशुल्क कोरोना जाँच व्यवस्था

नेपालगन्ज । कोरोना परिक्षणमा महँगो मुल्य तिर्नुपर्ने अवस्था देखिएका बेला बाँकेमा भने आम नागरिकको स्वास्थ्य परिक्षण निशुल्क हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङको पहल र सक्रियताका कारण यहाँका स्थानीय तहसँगगको सहकार्यमा उक्त काम हुन थालेको हो ।

कोरोना संक्रमणको शंका लागेमा त्यसको पिसिआर परिक्षण निशुल्क हुने गरि स्थानिय सरकारको सहकार्यमा जिल्ला प्रशासनले व्यवस्था मिलाएको बाँकेका प्रजिअ कुरूम्वाङ बताउँछन् । बाँकेका ८ वटै पालिकामा पिसिआर परिक्षण गराउन चाहनेहरुले सम्पर्क गर्न सक्ने उनी बताउँछन् ।

पिसिआर चेक गर्न चाहनेले नेपालगन्जमा रामबहादुर चन्द, कोहलपुरमा डिल्ली पोखरेल, खजुरामा सुदिप पौडेल, बैजनाथमा लक्षमण शाही, जानकीमा दलबहादुर राना, डुडुवामा धनबहादुर बुढा, राप्तीसोनारीमा बिस्नु चुदालि, नरेनापुरमा मोइन खानलाई सम्पर्क गर्न सर्वसाधरणलाई उनले आग्रह समेत गरेका छन ।

भेरि अस्पतालमा प्रसिद्ध ढकाल, स्वास्थय कार्यलयमा केशब ज्ञवाली, डिओसिमा अर्जुन कार्किलाई सम्पर्क व्यक्ति तोकिएको छ । सरकारी नियमनानुसार कोरोना शंका लागेकाहरुको पिसिआर तुरुन्तै गर्नेगरि काम भैरहेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ईसेतोखरीसँगको कुराकानीमा बताएका छन् ।

शनिबार साँझसम्म १९ हजारको पिसिआर चेकजाच गरिसकेका छन् । काठमाडौ बाहिर सबैभन्दा धेरै चेकजाच हो ।’ बाँकेका सिडिओ कुरूम्वाङका अनुसार आइतबार १४ संक्रमित कोरोना जितरेर घर फर्कने भएका छन् ।

source:esetokhari.com

You can share this post!