अदृश्य शक्ति

लक्ष्मण चौलागाईं विद्रोही

कहिले दुख कहिले सुख किन हुने गर्छ होला

दिन पछि रात यहाँ किन आउने गर्छ होला

कसले चाहिँ घुमाएर धर्ती यो घुम्छ होला

अदृश्य भै चल्छ यो चलाउने चैं को होला

गगनमा चन्द्रसुर्य चम्काइदिने को होला

असंख्य तारामन्डल बालिदिने को होला

सितल पवन धर्तीमा बहाइदिने को होला

समुन्द्र र नदिनाला सृष्टि गर्ने को चैं होला

हर जीवलाई जीवन दिने जीवनदाता को होला

सब प्राणीको पृथक आयु लेखिदिने को होला

जन्म र मृत्यु लेख्ने भावी त्यो को चाहि होला

हर जिवलाई ज्ञान दिने ज्ञानदाता को चैं होला

धर्तीभरी सिर्जनाका फूल फुलाउने को होला

फुलै पिच्छे रंग र सुवास भर्ने को चैं होला

मेघ गर्जन चट्याङ कम्प पठाउने चैं को होला

चराचरको रक्षा गर्ने रक्षक जो को चैं होला ।।

You can share this post!