सज्जा बनिन् तेस्रो नेपाल आइडल

काठमाडौं– तेस्रो सिजनकी नेपाल आइडल मोरङकी सज्जा चौलागाईं भएकी छिन् । शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनी तेस्रो नेपाल आइडल घोषित भइन् । आइडलमा वाइल्ड कार्ड इन्ट्री गरेका प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरणकुमार भुजेल तेस्रो स्थानमा रहे ।

सज्जाको प्रस्तुतिको प्रारम्भिक चरणदेखि नै प्रशंशा भइरहेको थियो । यससँगै नेपाल आइडलले महिला प्रतियोगीलाई विजयीको रूपमा पाउने अपेक्षा सामाजिक सञ्जालमा व्यक्त भइरहेको थियो । आइडल विजेता बनेसँगै उनले ५० लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी फस्ट रनर अपले १० लाख र सेकेन्ड रनर अपले ५ लाख पुरस्कार पाउनेछन् ।
 

You can share this post!