अछाम जनमथातको निर्देश !

भक्त ठकुल्ला

प्रकृति शिरोपर सौम्य वैभवले प्राप्त अछामकन ।

निस्कपट भै तर्क्य समाज हितको तिमि सेवक बन ।

2)प्रमत्ता आडम्बर नरहोस् कृपणत़ा होउ संयत बंशधर।

कुण्ठा परास्त त्यागेर समाजको भलाई जस्ले सक्दछौ गर।

आराधक झैँ भावनामय भै सिरा बनेर आऊ ।

सर्ब जन, जातीय, गरिबी पीडाको शुभेच्छु बन्दै जाऊ ।

गाउ बस्ति झुपडीमा मल्हम लगाऊ जहाछन पिडाका घाउ।

बन्दै छटा सर्बत्र चुलो र चौकामा श्री स्थापना भरी रमाऊ।

खराब नै किन नचलोस पवन चक्र यो स्थिर रहौ हृदयहारी।

गर कल्याण प्रत्यक वासको रत्ति नबन ब्यभिचारी

धर्मर नहोस नागरिक हितको पथी भयर जाऊ।

वहनिय लोकतान्त्रिक समाजवादको रथी बनेर आऊ।

हेर निष्पक्ष भै बनाऊ योजना अन्न निर्भरता पनि।

गर भक्तिभाव जनमथातको सब जना बनुन धनी।

You can share this post!