राजसंस्थाको आलोचनापछि फेसबुक समूह बन्द

बैंकक — थाइल्यान्ड सरकारले राजसंस्थाको आलोचना गरेको विषयमा कानुनी कारबाही गर्ने बताएपछि फेसबुकले एउटा समूहलाई थाइल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ ।

दसौं लाख सदस्य रहेको ‘रोयलिस्ट मार्केटप्लेस’ समूहले पछिल्ला दिनमा निरन्तर राजसंस्थाको आलोचना गर्दै आएको थियो । थाई सरकारको दबाबविरुद्ध फेसबुकले कानुनी उपचार खोज्ने बताएको छ । थाइल्यान्डमा हालैका दिनमा लोकतन्त्र पक्षधरहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

राजसंस्थामा समेत समयानुकूल सुधार हुनुपर्ने अभूतपूर्व माग उनीहरुको छ । विद्यमान कानुनअनुसार थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्न पाइँदैन । उक्त समूह विदेशबाट हेर्न नमिल्ने भए पनि सोमबार साँझदेखि थाइल्यान्डमा बन्द गरिएको हो ।

source : ekantipur.com

You can share this post!