पीसीआर परीक्षणको नतिजा २४ घण्टाभित्र दिन निर्देशन

काठमाण्डु –  प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको अन्त्य गर्न निर्देशन दिएको हो । मङ्गलबारको भर्चुअल बैठकमा सरोकारवालासँग समेत छलफल गरेर समितिले यस्तो निर्देशन दिएको हो ।

समितिले परीक्षणको रिपोर्ट इमेल, फोन, म्यासेज अथवा भाइबर लगायतबाट उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले भाडामा बस्नेका लागि होम आइसोलेसन उपयुक्त नभएको भन्दै आइसोलेसन सेन्टर तत्काल बढाउन निर्देशन दिँदै पीसीआर परीक्षणको दायरा बढाउन पनि सरकारलाई निर्देशनमा भनेको छ ।

यसैबीच सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने तयारी गरेको छ । लकडाउन भएयता सामुदायिक विद्यालय सञ्चालनमा छैनन् । एकाध बाहेकका विद्यालयले अनलाइन कक्षासमेत सञ्चालन गरेका छैनन् ।

शिक्षक खटाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति मागेको छ । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले अनुमतिका लागि शिक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

source : kathmandupati

You can share this post!