सुनको मूल्य घट्यो

सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९७ हजार ९ सयमा कायम छ । आइतबार सुन तोलामा ९८ हजार ४ सयमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा २५ रूपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

You can share this post!