मन्त्रिपरिषद बैठक बस्दै, बन्दाबन्दीबारे निर्णय लिइने थप सामग्री

आज साँझ पाँच बजे मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद बैठकले कोभिड महामारीको रोकथामबारे निर्णय लिइने तयारी भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको छ। लगत्तै मंगलबार र बुधबार दुई दिन सीसीएमसीको बैठक बसेको छ। बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी थिए। 

सीसीएमसीले भने देशब्यापी बन्दाबन्दी नगर्ने, तर संक्रमणको जोखिम रहेको स्थान पहिचान गरी निषेधाज्ञादेखि कर्फ्यूसम्म जारी गरिने निर्णय गरेको छ। राजधानी उपत्यकाका तीन जिल्ला सहित देशभरका ४० जिल्लामा अहिले नै आंशिक र पूर्ण गरी निषेधाज्ञा जारी गरिएको छ। 

गएको ७ साउनदेखि बन्दाबन्दी अन्त्य भएपछि संक्रमण बढेको छ। अहिलेसम्म २८ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको छ भने १२० जनाको मृत्यु भएको छ।

source : Himal khabar

You can share this post!