आज बिहानै काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय १० जना नियन्त्रणमा

काठमाडौं – स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्ने ५१० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहान ९ बजेसम्म ५ सय १० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुमध्ये ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिला रहेका छन् ।

प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राख्ने गरेको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्दै चलाइएका  दुई र चार पाङग्रे गरेर २ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

You can share this post!