आज दर खाने दिनः कोरोनाका कारण छैन रौनक

काठमाडौं– आज तीजको दर खाने दिन । हरितालिकाको अघिल्लो दिन दर खाने चलन छ । तर, यो वर्ष भने तीज पर्वको रौनक छैन् । कोरोना महामारीका कारण आजैबाट नेपालमा दोस्रो चरणको बन्दाबन्दी सुरु भएको छ । 

आज सबैले आफ्ना घरमा मिठो मसिनो पकाएर मध्ये राति दर खाने चलन छ । भोलि बसिने निराहार व्रतका लागि शक्ति प्राप्त होस भनी दर खाने परम्परा रहि आएको हो । 

सत्य युगमा पार्वतीले भाद्र शुक्ल द्धितियाका दिन दर खाई तृतीयामा व्रत गर्नाले महादेव पति पाएको जनविश्वास अनुरुप यो व्रत बस्ने गरिएको हो । 

तीजमा माइतीले आफ्ना चेलीहरुलाई बोलाएर मिठा मिठा परिकार बनाइ खुवाउने गर्थे । यो वर्ष भने नेपाल सरकारले आफ्ना चेलिबेटीहरुलाई घरमा नबोलाउन आग्रह गरेको छ । 

source : Nepali public
 

You can share this post!